धनुषा, असार १४ — धनुषा जिल्लाको कमला नगरपालिका–७ का नेता खड्गानन्द यादवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
यादवसँगै देवेन्द्र यादवले पनि रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशी दुवै नेतालाई रास्वपाका नेता तथा धनुषा–२ का सांसद राम बिनोद यादवले पार्टीमा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा धनुषा–४ का सांसद राजकिशोर महतोको समेत उपस्थिति रहेको थियो।
रास्वपाले नयाँ सदस्यहरूको प्रवेशसँगै धनुषा जिल्लामा पार्टीको संगठन विस्तार र जनसमर्थन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया






