काठमाडौं, असार १४ — स्वर्गीय जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज (आइतबार) काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ।
‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक उक्त गोष्ठीमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
फाउण्डेसनका अनुसार गोष्ठीमा नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रम, जननेता मदन भण्डारीको राजनीतिक योगदान तथा उहाँले अघि सारेको बहुदलीय जनवादको अवधारणामाथि छलफल गरिनेछ।
लामो समयपछि देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुन लागेकाले यस कार्यक्रमलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली–प्रचण्डसहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






