रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पूर्वमन्त्री उमाशंकर अरगरिया आफैं तरकारी किन्दै बजारमा, सादगी जीवनशैलीले दिए फरक सन्देश

[sharethis-inline-buttons]

धनुष टिभी , धनुषा।
नेपालका धेरै उच्च पदमा पुगेका नेताहरू सुरक्षाकर्मी र तामझामसहित हिँड्ने गरेको दृश्य सामान्यजस्तै बनेको छ। तर पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियालाई भने धनुषाको सहिदनगर नगरपालिका स्थित यदुकुहा बजारमा कुनै सुरक्षागार्डबिनै आफैं तरकारी खरिद गर्दै भेटियो।
सर्वसाधारण नागरिकसरह बजारमा निस्केर दैनिक उपभोगका सामग्री खरिद गरिरहेको उनको दृश्यले सादगी जीवनशैलीको सन्देश दिएको छ। विशेषगरी पद र प्रतिष्ठापछि पनि सामान्य नागरिकझैँ जीवन बिताउने संस्कृतिको झल्को उनको व्यवहारमा देखिन्थ्यो।
बजारमै गरिएको छोटो कुराकानीमा मन्त्रीज्यू, तपाईं आफैं बजारमारुू भन्ने प्रश्नको जवाफ दिँदै अरगरियाले मुस्कुराउँदै भने, म किसानको छोरा हुँ। म पनि खान्छु, आफ्नो काम आफैं गर्छु।
उनको यो भनाइले आफू पदमा पुगे पनि आफ्नो जरा र जीवनशैली नबिर्सिएको सन्देश दिएको स्थानीयले बताएका छन्।
युरोपका कतिपय देशमा राष्ट्रपति तथा मन्त्रीहरूले अवकाशपछि सामान्य नागरिकसरह जीवन बिताउने उदाहरणहरू चर्चित छन्। यदुकुहा बजारमा देखिएको अरगरियाको यो व्यवहारले पनि सार्वजनिक पदमा पुगेका व्यक्तिहरूले सादगी, आत्मनिर्भरता र जनतासँगको निकटतालाई कायम राख्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर