रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गुणस्तरहीन निर्माणबारे समाचार संकलन गर्न पुगेका पत्रकारमाथि कुटपिट, प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती

[sharethis-inline-buttons]

सिरहाको कर्जन्हा नगरपालिका–७ अन्तर्गत मरेवा बजारदेखि खोला टोलसम्म भइरहेको आरसीसी ढलान निर्माण कार्यको गुणस्तरबारे स्थानीयवासीबाट लगातार गुनासो आएपछि स्थलगत रिपोर्टिङ गर्न पुगेका रेडियो धनुषाधामका पत्रकार गोबिन्द यादवमाथि आक्रमण भएको छ।
स्थानीयको गुनासोको यथार्थ बुझ्न तथा निर्माण कार्यको अवस्था अवलोकन गर्न पुगेका पत्रकार यादवले सम्बन्धित पक्षको धारणा लिन वडा अध्यक्षसँग प्रतिक्रिया मागिरहेका बेला विवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सोही क्रममा वडा अध्यक्ष रामसेवक यादवका छोराले पत्रकार यादवमाथि कुटपिट गरेको आरोप लागेको छ।
आक्रमणबाट पत्रकार यादवको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारका क्रममा उनको टाउकोमा तीन वटा टाँका लगाइएको छ भने हाल स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
निर्माण कार्यको गुणस्तरबारे उठेका सार्वजनिक चासोका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथिको आक्रमणले प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा तथा नागरिकको सूचनाको अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर