रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गणेशमान चारनाथ नगरपालिकाको ५०% अनुदानमा उन्नत जातको धानको बिउ वितरण सुरु

[sharethis-inline-buttons]

 

धनुषा, बैशाख ८ – गणेशमान चारनाथ नगरपालिकाले किसानहरूको उत्पादन क्षमतामा वृद्धिका लागि ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण सुरु गरेको छ।

नेपाल हरियाली कृषि सहकारी संस्था लि.बिरेन्द्रबजारको समन्वयमा सञ्चालन गरिएको यो वितरण कार्यक्रमको औपचारिक उद्घाटन नगर उपमेयर तुल्सा कुमारी पाण्डे पटेलले गर्नुभयो। कार्यक्रमको क्रममा उहाँले किसानहरूको आयस्तर वृद्धि र खाद्य सुरक्षाका लागि यस्ता योजनाहरू महत्वपूर्ण हुने बताउनुभयो।

धानको बिउ वितरणबाट नगरपालिकाभित्रका किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। सहकारी संस्थाका प्रतिनिधिका अनुसार वितरण गरिएका बीउहरू उच्च उत्पादन क्षमता भएका प्रमाणित जातका हुन्, जसले उत्पादनमा गुणात्मक सुधार ल्याउनेछ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारी सदस्य, किसानहरू र कृषि प्राविधिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर