धनुषाधाम, जेठ २१ — नेपाली कांग्रेसका सभापति तथा पूर्व
प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (जेठ २२) धनुषाधाम आउने भएका छन्। देउवा धनुषाधाम नगरपालिका–१ मा रहेको शहीद ठाकुर प्रसाद ढुंगाना स्मृति प्रतिष्ठानमा शहीद ठाकुरप्रसाद ढुंगानाको सालिक अनावरण तथा उहाँको जीवनमा आधारित पुस्तक विमोचन कार्यक्रममा सहभागी हुने छन्।
कार्यक्रम अन्तर्गत धनुषाधाम बजारमा एक बृहत् आमसभाको समेत आयोजना गरिएको छ, जहाँ सभापति देउवाले प्रमुख सम्बोधन गर्ने छन्।
यस अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री कृष्ण सिटौला, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, पार्टीका केन्द्रीय सह–महामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादव, पूर्वमन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य,पूर्वमन्त्री एवं राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगाना, तथा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का नेपाली काङ्ग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादव लगायतका शीर्ष नेताहरूको सहभागिता रहने नेपाली काङ्ग्रेस मधेस प्रदेशका सदस्य एवं धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले जानकारी दिनुभयो।
धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको नगरी धनुषाधाममा हुन लागेको यो कार्यक्रमलाई नेपाली कांग्रेसले महत्वपूर्ण र भावनात्मक कार्यक्रमको रूपमा लिएको छ।




