जनकपुरधाम — चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा जनकपुरधाम–२०, नोचापुरस्थित आफ्नै निवासमा सोमबार राति मृत अवस्थामा फेला परेकी छिन्।
घटनापछि प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रक्रिया अघि बढाएको छ। मृतकको माइती पक्ष जनकपुर आइपुगेका छन् र प्रहरीसँग सहकार्य गर्दै घटनाको विस्तृत जानकारी लिइरहेका छन्।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेर केही महिना अघि गृह प्रवेश गरेका अभिनास र अँसा सदा सामाजिक सञ्जालमा प्रेम र समर्पणका भाव व्यक्त गर्दै आएका थिए। तर अचानक अँसाको रहस्यमय मृत्युपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरिएको भए पनि पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन निष्कर्ष निकाल्न सकिनेछ। कलाकार अभिनास झा गहिरो मानसिक तनावमा रहेको र अहिले बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको धनुषा प्रहरीको भनाइ छ।
अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा घरमै मृत फेला, प्रहरी अनुसन्धान जारी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




