धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. २ मा अवस्थित धनुषा गोविन्दपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २२औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता फिरन यादवले गरेका थिए भने प्रमुख अतिथि वडा अध्यक्ष लक्ष्मी साह थिए। मुख्य प्रबन्धक राज कुमार साह, , कर्मचारी वर्ग, सञ्चालक समिति, भूतपूर्व सञ्चालक, लेखा समिति, अन्तर समूह अध्यक्ष तथा शेयरधनीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
“धानबालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा कृषकहरूलाई आधुनिक र सघन धान उत्पादनप्रति प्रेरित गर्ने उद्देश्य रहेको थियो।
तपाईको प्रतिक्रिया




