रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेस प्रदेशसभामा सांसद सुनिता यादवको टिप्पणी “यो बजेट प्रदेशको कि पालिकाको ?”

[sharethis-inline-buttons]

जनकपुरधाम, २३ असार ।
मधेस प्रदेश सभाको आजको बैठकमा राजस्व शीर्षकमाथिको छलफलका क्रममा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद तथा पूर्वमन्त्री सुनिता यादवले बजेट बाँडफाँडमा गम्भीर असमानता रहेको भन्दै आपत्ति जनाएकी छिन्।

सांसद यादवले केही क्षेत्रका योजनामा करोडौं रुपैयाँ छुट्याइएको तर कतिपय क्षेत्रमा कम र रेड्बुकमा पाँच लाखदेखि दश लाख रुपैयाँ छुट्याइएकोमा अचम्म व्यक्त गरिन्। “यो बजेट प्रदेश सरकारको हो कि पालिकाको ?” भन्दै उनले प्रश्न उठाइन्।

उनले थप भनिन्, “चारवटा क्षेत्रमा करोडौं बजेट जान्छ, अरु क्षेत्रमा थोरै किन ? यस्तो असमानता हुनुहुँदैन।” बजेट योजनामा दलाल तथा बिचौलियाको प्रभाव रहेको भन्दै सत्ता पक्षका नेताले समेत शंका व्यक्त गरिसकेको उनको आरोप थियो।

“बिचौलियाले ल्याएको योजना भनेर सत्ता पक्षले भनेका छन्, अनि यस्तो बजेटले कसरी समृद्ध मधेस बनाउँछ ?” भन्दै यादवले सरकारलाई जवाफदेही बन्न आग्रह गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर