रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश प्रदेश सुख्खाग्रस्त घोषणा, किसानका लागि विशेष राहत प्याकेजको माग

[sharethis-inline-buttons]

जनकपुरधाम,
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज साँझ प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुनु, धान रोपाइँमा समस्या उत्पन्न हुनु तथा रोपिएका खेतमा समेत धाँजा फाट्न थालेको अवस्थालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो।

बैठकले सुख्खाबाट प्रभावित किसानहरूलाई विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग तत्काल पहल गर्न आग्रह गर्ने निर्णय गरेको छ। साथै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ।

त्यस्तै, मन्त्रिपरिषद्ले हाल पर्साको वीरगंज सहित विभिन्न जिल्लाहरूमा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत र साधन परिचालन गर्ने निर्णयसमेत गरेको छ। संकटग्रस्त क्षेत्रहरूमा ट्याङ्कर तथा अन्य वैकल्पिक माध्यमबाट पानी आपूर्ति मिलाउने योजना अघि बढाइएको प्रदेश सरकारद्वारा जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर