धनुषा, साउन १९ – साउन महिनाको आगमनसँगै समग्र देशभर हरियालीले ढाकिएको छ । उजाड भूमिहरू पनि हराभरा देखिन थालेका छन् । विशेषगरी सोमबारको दिनले साउनलाई अझै पवित्र बनाउँछ । हिन्दू धर्मालम्बीहरूका लागि साउनको सोमबार भगवान् शिवको प्रिय दिन मानिन्छ र यही अवसरमा शिवको आराधना, व्रत, उपवास तथा रुद्राभिषेक विधिपूर्वक गरिन्छ ।
शास्त्रीय मान्यतानुसार, साउन महिनामा सोमबारको व्रत बस्ने, शिवको पूजन गर्ने तथा जल र दूधले अभिषेक गर्दा भगवान् शिव अत्यन्त प्रसन्न हुने विश्वास छ । शिव महापुराणअनुसार, व्रतपूर्वक आराधना गर्नाले यस लोकमा सुख र परलोकमा मोक्ष प्राप्त हुन्छ ।
यसै सन्दर्भमा मधेस प्रदेशको ऐतिहासिक तथा धार्मिक नगरी धनुषाधामस्थित धनुष मन्दिरमा सोमबारको दिन भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । विहानैदेखि नाङ्गो खुट्टा जल, बेलपत्र, अक्षता, दूध, दही, घिउ, चन्दन लिएर भक्तहरू पूजाका लागि आउने गर्दछन् । धनुष मन्दिरको विशेषता भनेकै यहाँ भगवान् शिवले स्वयं पिनाक धनुषको मध्य टुक्रा राखेको रामायण र शिवपुरान उल्लेख छ । यहीँ रहेको ‘शिवको धनुष’ दर्शन गर्न देश(विदेशबाट समेत श्रद्धालुहरू आउने गर्दछन् ।
साउनको सोमबार व्रत बस्ने भक्तजनहरू व्रत बस्ने क्रममा उपवास गरी बेलुकासम्म पूजा विधि पूर्ण गर्छन् । कतिपयले महिनाभर व्रत बसी प्रत्येक सोमबार धनुष मन्दिरमा दर्शन गर्न चाहन्छन् । पुजारीहरूका अनुसार, यस महिना शिव पूजनले तन, मन र धन शुद्ध हुने मान्यता छ ।
भगवान् शिवको स्वरूपको वर्णन गर्दै पुराणहरूमा उल्लेख गरिएको छ कि उहाँले आफ्नो दाहिने हातमा शूल, बञ्चरो, वज्र, खड्ग र अग्नि धारण गर्नु भएको छ भने बाँया हातमा पिनाक, नारच, घण्टा, पास र अंकुश सम्हाल्नु भएको छ । यही शास्त्रीय चित्रणलाई आधार मानेर धनुष मन्दिरमा भक्तजन आउछन् ।
धार्मिक पर्यटकीय दृष्टिले समेत धनुष मन्दिर साउन महिनाभर अत्यधिक महत्वपूर्ण स्थल बनेको छ । स्थानीय प्रशासन, मन्दिर समितिहरू साउन सोमबारको भीड लाग्ने गर्छन् । यसरी हरेक वर्षजस्तै यो वर्ष पनि धनुष मन्दिरमा साउन सोमबारको भक्ति र श्रद्धाले वातावरण भावविभोर बनाएको छ ।
गुञ्जिएको धनुषमन्दिर