रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा ‘सि सामुहिक उत्पादन खेती’ अन्तर्गत धान रोपाइ

[sharethis-inline-buttons]

मुकेशकुमार ठाकुर ।धनुषा, २५ साउन
धनुषाधाम नगरपालिका–३ मा ‘सि सामुहिक उत्पादन केन्द्र’ अन्तर्गत धान रोपाइ सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द ‘विप्लव’) नेतृत्वका केन्द्रीय नेताकार्यकर्ताहरूको उपस्थितिमा सि गौरी यादवको १५ कठ्ठा खेतमा धान रोपिएको हो।

कार्यक्रममा केन्द्रीय सदस्य तथा मधेस इञ्चार्ज अनिल सि, केन्द्रीय सदस्य तथा बारा–पर्सा इञ्चार्ज जनक सि, मधेस प्रदेश कार्यालय सचिव पवन सि, केन्द्रीय सदस्य एवं पूर्व सांसद सिला सि, कमल सि, फिरोज सि लगायतका नेताहरू सहभागी थिए।

पार्टीको अभियानअनुसार देश कृषिप्रधान भएकाले नेताहरूले कुरा मात्र होइन, व्यवहारमै काम गर्नुपर्ने बताउँदै नेतृ सिला सिले कृषि क्रान्तिमार्फत देश समृद्ध बनाउने लक्ष्यसहित धनुषामा धान रोपिएको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर