रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरमा साइबर अपराध र सामाजिक सञ्जाल सम्बन्धी जनचेतनामूलक प्रशिक्षण सम्पन्न

[sharethis-inline-buttons]

 

धनुषा, साउन २७ —
जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा मिति २०८२ साउन २७ गते जनकपुरधाम उप–महानगरपालिका–४ स्थित मिट क्याम्पसमा साइबर अपराध तथा सामाजिक सञ्जालसम्बन्धी जनचेतनामूलक अनुशिक्षण प्रशिक्षण सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीको प्रमुख आतिथ्य रहेको थियो भने प्रशिक्षण प्रहरी निरीक्षक सागर कार्कीले संचालन गरेका थिए। प्रशिक्षणमा मिट क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा शिक्षिकासहित करिब १०० देखि ११० जनाको सहभागिता रहेको थियो।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित उक्त प्रशिक्षण बिहान ९स्०० बजे सुरु भई १०स्५० बजे सम्पन्न भएको हो। कार्यक्रममा सहभागीलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधका प्रकार र रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर