रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक ,प्रधानमन्त्री वा गृहमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग

[sharethis-inline-buttons]

कार्तिक १३. जनकपुरधाम। जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक बस्न थालेको छ । आज राष्ट्रिय सभा अन्तरगतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । सिंहदरवारमा जारी बैठकका एजेण्डामा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम लगायत थियो ।तर सांसदहरुले जेनजी आन्दोलन स्मरण गरेका छन् । प्रधानमन्त्री वा गृहमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग उनीहरुले गरेका छन् । विकासको योजना काटिएको विषयमा समेत छलफल आवश्यक रहेको उनीहरुको भनाइ छ । राष्ट्रिय सभा सदस्यहरु जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की अक्षामी लगायतले सरकारसँग छलफल आवश्यक रहेको बताए । ‘प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न सकिन्छ, गरौं,’ साम्सद शर्माले भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर