रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

लगातार गुनासो र घुस प्रकरण– माओवादी केन्द्रले वडा अध्यक्ष साहलाई पार्टीबाट निकाल्यो

[sharethis-inline-buttons]

धनुष टिभी जनकपुरधाम, धनुषा।

धनुषा जिल्लाको सबैला नगरपालिका–१० का वडा अध्यक्ष राजकुमार साहलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निस्कासन गरेको छ। पार्टीका वडा अध्यक्ष इसा मियाका अनुसार वडा कमिटीको औपचारिक निर्णयमार्फत उनलाई कारबाही स्वरूप निस्कासन गरिएको हो।

वडा अध्यक्ष साहले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएर पनि जनतामाथि अनावश्यक दुःख दिएको, सेवाग्राहीसँग खुलेआम घुस लिएको लगायतका गम्भीर आरोपका आधारमा कारबाही निर्णय गरिएको वडा कमिटीले जनाएको छ। सो निर्णयमा वडाबाट निर्वाचित सदस्य र वडा कमिटीका पदाधिकारीहरू सहभागी रहेको माओवादी केन्द्रका नगर सचिवालय सदस्य विजय साहले जानकारी दिए।

विजय साहका अनुसार पटक–पटक पार्टीले सचेत गराए पनि राजकुमार साहको व्यवहार नसुध्रिएको कारण पार्टीले कारबाहीको बाटो रोज्नुपरेको हो। उनले भने, “म दुई दिनअघि नै पार्टीबाट राजीनामा दिएँ, पार्टीले कारबाही गरेकामा धन्यवाद छ। गलत काम गर्नेहरूको स्थान संगठनमा हुँदैन।”

पार्टीले गरेको यो कदमलाई स्थानीय तहमा सुशासन र जवाफदेहिताको सन्देशका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर