रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा दोस्रो आइतबारको मकर मेलामा लाखौँ भक्तजनको घुइँचो

[sharethis-inline-buttons]

धनुष टिभी, धनुषा — माघ महिनाको दोस्रो आइतबारका दिन धनुषाधाममा लागिरहेको एक महिने ऐतिहासिक तथा धार्मिक मकर मेलामा आज लाखौँ श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। माघे सङ्क्रान्तिपछिको विशेष धार्मिक दिन परेकाले नेपालका विभिन्न जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थी धनुषाधाम पुगेका हुन्।
धनुष बाबाको मन्दिरमा बिहानैदेखि पूजाआर्चना, मकर स्नान, पुष्प–जल अर्पण तथा धनुष प्रतीकको पूजा गर्न भक्तजनको लामो लाइन देखिएको थियो। धार्मिक विश्वासअनुसार मकर मेलामा स्नान गरी धनुष भगवानको दर्शन गरे पुण्य प्राप्त हुने मान्यताका कारण श्रद्धालुहरूको संख्या उल्लेख्य बढेको मेला व्यवस्थापन समितिले जनाएको छ।
मेला परिसरमा तेजपत्ता (पत्रक), फलफूल, मिठाई, घरेलु तथा कृषि उपकरणका पसलहरूमा पनि चहलपहल देखिएको छ। धनुषाधाम क्षेत्र विकास समितिका अध्यक्ष सुनिल यादवले मकर मेलालाई व्यवस्थित र सुरक्षित बनाउन स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा भक्तजनलाई सहजताका लागि विशेष व्यवस्थापन गरिएको जानकारी दिए। सुरक्षा, स्वास्थ्य र व्यवस्थापनमा स्थानीय प्रशासन, स्वयंसेवक तथा मेला समितिका सदस्यहरू सक्रिय रूपमा खटिएका छन्।
एक महिनासम्म चल्ने ऐतिहासिक मकर मेलामा आगामी आइतबारहरूमा अझ बढी जनसहभागिता हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर