रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा लामखुट्टे आतंकबीच झुल तथा शैक्षिक सामग्री वितरण

[sharethis-inline-buttons]

नागेन्द्र महरा (धनुष टिभी) । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा लामखुट्टेको बढ्दो आतंकका बीच स्थानीय तहबाट अपेक्षित पहल हुन नसकेको अवस्थामा समाजसेवीहरूले सक्रियता देखाएका छन्। यसैक्रममा धनुषाधाम–४ स्थित सरसा चर्चका पास्टर अमित महराको पहलमा झुल वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष मनोज कुमार यादव रहनुभएको थियो भने विद्यालयका प्रधानाध्यापक घुरन यादवको अध्यक्षता रहेको थियो । समाजसेवी टिकराम बरालद्वारा १५० थान झुल वितरण गरिएको हो भने श्री जनता आधारभूत विद्यालय, गोयाहिका ८० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ।
स्थानीयवासीले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै बालबालिकाको शिक्षामा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर