धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण जनकपुरधाम लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यसहित संरक्षण अभियान सुरु गरिएको छ।
७२ कुण्ड र ५२ कुटीको सहरका रूपमा परिचित जनकपुरधाममा ऐतिहासिक सम्पदाहरूको संरक्षण र व्यवस्थापनका लागि स्पष्ट योजना अघि बढाइएको छ।
यसअन्तर्गत जानकी मन्दिर वरपरको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ। साथै मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया पनि अघि बढाइएको छ।
वैशाख २१ गते उपमहानगरको सभा हलमा सम्पन्न कार्यशाला बैठकमा विज्ञ, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो। रास्वपा प्रवक्ता तथा सांसद मनिष झा ले अभियानलाई निरन्तर अगाडि बढाइरहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया






