रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साना किसान कृषि सहकारीद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान र छात्रवृत्ति प्रदान

[sharethis-inline-buttons]

धनुषा, धनुषाधाम नगरपालिका वडा न.२स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, धनुषा गोविन्दपुरको आज मिति २०८३/०२/०९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार SEE परीक्षा २०८२ मा सर्वोत्कृष्ट GPA ल्याइ उत्तीर्ण भएकी मिथिला बिहारी नगरपालिका–१ भुतही, समूह नम्बर ३२५ की शेयर सदस्य  अम्बिका यादवकी छोरी  दिपिका यादवलाई संस्थाका मुख्य प्रबन्धक राजकुमार साहले सम्मान गरेको छ।
दिपिका यादवले ३.९५ GPA प्राप्त गरेको अवसरमा शेयरधनीका छोरा–छोरी पुरस्कार अन्तर्गत उनलाई रु. ५१००/- को चेक र प्रमाणपत्र प्रदान गरिएको हो।
साथै, संस्थाका समसामयिक प्रस्तावहरूमाथि समेत विस्तृत छलफल गरी आवश्यक निर्णयहरू गरिएको जनाइएको छ। कार्यक्रम संस्थाका अध्यक्ष  प्रभु नारायण साह तेलीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर