कंचनकुमारी ठाकुर ,धनुष टिभी धनुषा, असार ९ । धनुषाकोधनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुष जनता माध्यमिक विद्यालयको खेलमैदानमा जारी वडा स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा वडा नं. १ ले वडा नं. २ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
प्रतिस्पर्धात्मक खेलमा वडा नं. १ ले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो। विजयी टोलीका खेलाडी तथा समर्थकहरूलाई बधाई दिँदै फाइनल खेलका लागि अग्रिम शुभकामना व्यक्त गरिएको छ।
यसैबीच, भोलि गोदार र खजुरीबीच मैत्रीपूर्ण महिला फुटबल खेल आयोजना हुने आयोजकले जनाएको छ। खेलप्रेमी, शुभचिन्तक तथा दर्शकलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन र खेलको रौनक बढाउन हार्दिक अपिल गरिएको छ।
प्रतियोगिताको फाइनल खेल असार ११ गते धनुष जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने आयोजकले जानकारी दिएको छ।
वडा नं. १ फाइनलमा प्रवेश, असार ११ गते उपाधिका लागि प्रतिस्पर्धा
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






