रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, वडा नं. १ पेनाल्टी सुटआउटमा विजयी

[sharethis-inline-buttons]

धनुषा — “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने नारासहित धनुषाधाम नगरपालिका वडा नं. १ को संयोजन तथा धनुष शान्ति समाज धनुषाधामको सह–आयोजनामा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ।
प्रतियोगिताको अन्तिम खेलमा वडा नं. १ र वडा नं. ८ बीच भएको रोमाञ्चक प्रतिस्पर्धा निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा वडा नं. १ ले वडा नं. ८ लाई ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
समापन कार्यक्रममा वडा नं. १ का अध्यक्ष सुनिलकुमार कापर, वडा नं. ३ का अध्यक्ष जयनारायण यादव, वडा नं. ८ का अध्यक्ष कपिलबहादुर बस्नेत, नेकपा नेता दीपक यादव, भरत दास, ठर्हरी दास, धनुषाधाम उद्योग वाणिज्य संघका संयोजक एवं पत्रकार मुकेश कुमार ठाकुर, प्रेम चौहान, कोच सन्तोष सिंह तथा जिल्ला प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो।
विजेता टोलीलाई नगद पुरस्कारसहित मेडल, ट्रफी र कप प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदको विकाससँगै युवाहरूबीच आपसी सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।