धनुष टिभी ,जनकपुरधाम — साक्षर नेपाल फाउन्डेसनका महासचिव सागर यादवले साक्षर मधेश प्रदेश घोषणा कार्ययोजना, २०८३ तत्काल पुनर्विचार गरी दिगो तथा प्रभावकारी साक्षरता कार्यक्रम सञ्चालन गर्न माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने उद्देश्य स्वागतयोग्य भए पनि हालको कार्ययोजना घोषणामुखी रहेको र त्यसमा नीतिगत, प्राविधिक तथा कार्यान्वयनगत गम्भीर कमजोरी रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, विश्वसनीय तथ्याङ्क, वास्तविक निरक्षर नागरिकको पहिचान, पर्याप्त स्रोत व्यवस्थापन, साक्षरता कक्षा सञ्चालन, सिकाइ उपलब्धिको मूल्याङ्कन तथा प्रमाणीकरणबिना साक्षर प्रदेश घोषणा गरिए कार्यक्रमको विश्वसनीयतामाथि प्रश्न उठ्ने चेतावनी दिइएको छ।
ज्ञापनपत्रमा कार्ययोजनाको समयसीमा अव्यावहारिक रहेको उल्लेख गर्दै मधेश प्रदेशको सामाजिक, भौगोलिक तथा जनसांख्यिक अवस्थालाई ध्यानमा राखी दिगो, प्रभावकारी र व्यवहारिक साक्षरता कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ।
साक्षर मधेश प्रदेश घोषणा कार्ययोजनामा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






