GEN-Z धनुषाधामका संयोजक अभिषेक दाहाल ले धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर दाहाल लाई शिक्षाशाखा प्रमुखलाई योग्यताको आधारमा निलम्बन गर्न तथा शिक्षक नियुक्ति प्रक्रिया रद्द गरी पुनः निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा शिक्षाशाखा प्रमुखको नियुक्ति प्रक्रिया गैरकानुनी भएको, विगत दुई वर्षदेखि नगरभित्रको शैक्षिक अवस्था खस्किएको तथा हालै नमुना माध्यमिक विद्यालय (प्राविधिक धार) मा शिक्षक नियुक्ति परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका व्यवस्थापनमा अनियमितता भएको आरोप लगाइएको छ। साथै परीक्षा प्रक्रिया पारदर्शी नभएको र निर्धारित पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार नगरिएको भन्दै सम्पूर्ण नियुक्ति प्रक्रिया रद्द गरी मापदण्डअनुसार पुनः परीक्षा सञ्चालन गर्न माग गरिएको छ।
GEN-Z धनुषाधामले अयोग्य शिक्षा प्रमुखलाई हटाई योग्य, निष्पक्ष र सक्षम शिक्षा प्रमुख नियुक्त गर्न सम्बन्धित निकायसँग माग गर्दै समयमै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।
शिक्षाशाखा प्रमुखको निलम्बन र शिक्षक नियुक्ति प्रक्रिया रद्द गर्न GEN-Z धनुषाधामको ज्ञापनपत्र
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






