धनुषा। धनुषाको ढल्केवरस्थित कोमल होटलमा नाईं सहयोग संस्था नेपालको ऐतिहासिक दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न भएको छ।
अधिवेशनबाट चन्देश्वर ठाकुर पुनः केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। अधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लालबाबु ठाकुर, उपाध्यक्षहरूमा रमन ठाकुर, रामजतन ठाकुर, रामचन्द्र ठाकुर (सिरहा), रामचन्द्र ठाकुर (वीरगञ्ज) र राधा ठाकुर चयन भएका छन्।
त्यस्तै, महासचिवमा राजेन्द्र ठाकुर, सचिवमा आशा ठाकुर र कोषाध्यक्षमा बहुरा ठाकुर चयन भएका छन्। सदस्यहरूमा रामचन्द्र ठाकुर, द्रोपती देवी ठाकुर, चन्देश्वर ठाकुर, सुनिता ठाकुर र दिलीप ठाकुर चयन भएका छन्।
अधिवेशनमा संस्थाको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा नाईं समुदायको हकहित र पेशागत विकासका विषयमा समेत छलफल गरिएको जनाइएको छ।
नाईं सहयोग संस्था नेपालको दोस्रो अधिवेशन सम्पन्न, चन्देश्वर ठाकुर पुनः अध्यक्षमा चयन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






