रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

उच्च अदालत जनकपुरले धनुषाधाम नगरपालिकासम्बन्धी निवेदनमा अन्तरिम आदेश दिएन

उच्च अदालत जनकपुरको संयुक्त इजलास नं. ५ ले धनुषाधाम नगरपालिका नगर कार्यपालिकाको कार्यालयसमेतलाई विपक्षी बनाई मनोजकुमार दासले दायर गरेको उत्प्रेषण तथा अधिकारपृच्छासम्बन्धी निवेदनमा अन्तरिम आदेश जारी नगर्ने आदेश दिएको छ।
माननीय न्यायाधीश फुर्पा तामाङ र कमलप्रसाद पोखरेलको इजलासले असोज ७ गते निसिल अध्ययन तथा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि निवेदनमा उठाइएको विषय अन्तिम आदेशका क्रममा सम्बोधन गर्न उचित देखिएको भन्दै हाललाई मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो।
निवेदकका तर्फबाट अधिवक्ता दीपेन्द्रकुमार साह, धनुषाधाम नगरपालिकाका तर्फबाट अधिवक्ता नवलकिशोर मण्डल, विपक्षी राजेशकुमार निरालीका तर्फबाट वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा तथा प्रहरी निकायका तर्फबाट अधिवक्ता हेमबहादुर कार्कीले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर