रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

डोल्पामा सीता एयरको जहाज दुर्घटना

काठमाडौँ । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ।

नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरीका अनुसार अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का रनवेबाट बाहिरिएपछि जहाज केही पर उछिट्टिएको थियो। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि आगलागी हुनबाट जहाज जोगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जहाज अहिले पनि रनवेमै रहेको छ। घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर