धनुषाको धनुषाधाम नगरपालिकाले २०८३ असोज ९ गते एक दिनका लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले सम्भावित डुबान, बाढी, कटान र जलमग्नताको जोखिमलाई ध्यानमा राख्दै विद्यार्थीको सुरक्षा र स्वास्थ्यका लागि विद्यालय बन्द गरिएको सूचनामा उल्लेख छ। विद्यालयको पठनपाठन बन्द रहे पनि प्रशासनिक कार्य तथा शिक्षक–कर्मचारीलाई आवश्यकताअनुसार तयारी अवस्थामा रहन नगरपालिकाले आग्रह गरेको छ। सूचना प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले जारी गरेका हुन्।
तपाईको प्रतिक्रिया






