धनुषा । नेपाली कांग्रेस धनुषाधाम नगरपालिकाको १५औँ नगर महाअधिवेशन जारी छ। सहिद ठाकुरप्रसाद डुंगाना स्मृति प्रतिष्ठानमा भइरहेको अधिवेशनबाट नयाँ नगर नेतृत्व चयन हुँदैछ।
नगर सभापति चन्द्रदिप यादवको अध्यक्षतामा भइरहेको अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामपल्टन साह, नेता दिलिप डुंगाना, पूर्वसांसद पुष्पलता लामा, प्रदेश सदस्य एवं धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, उपमेयर विद्या देवी भुजेललगायतको उपस्थिति रहेको छ।
नगर सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ। सभापतिका उम्मेदवारहरूमा सुरेन्द्रकुमार चौधरी (कान्छी जार), चन्द्रदिप यादव, ज्ञानकुमार यादव, किसानपुर, इन्द्रकुमार महतो (पर्वता), लक्ष्मी साह तेली (मंगलपुर), सुधीर लामा (भिमान), भोगेन्द्रकुमार मण्डल (किसानपुर), गोविन्द कार्की (मुलावारी), विशाल लामा (भिमान),राजु यादव , मोहनकुमार साह रहेका छन्।
त्यस्तै, नगर उपसभापतिका लागि शिवदेवी मण्डल, शिवशरण यादव, वीरेन्द्र भाडव, मनिष यादव, गंगाप्रभा चौधरी, शिवशंकर महतो र सुमित्रा देवी महरा गरी ७ जनाको उम्मेदवारी परेको छ।
नगर सचिवका लागि जगदीश मण्डल, रामसिलाकर मण्डल र संजयकुमार यादव उम्मेदवार बनेका छन् भने सहसचिवमा मनोज ठाकुरको उम्मेदवारी परेको छ।
अधिवेशनमा वडा अध्यक्षहरू इन्द्र महतो, ऋषि लामा, लक्ष्मी महतोसहित धनुषाधाम नगरपालिकाका विभिन्न वडाबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ। अधिवेशनले आगामी कार्यकालका लागि नगरको नयाँ नेतृत्व चयन गर्नेछ।
नेपाली कांग्रेस धनुषाधाम नगरपालिकाको सभापतिमा ११ जनाको उम्मेदवारी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






