रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हँसपुरमा सम्पन्न टुर्नामेण्टको उपाधि झटियाही टिमलाई

[sharethis-inline-buttons]

धनुषा जिल्लाको  हँसपुर नगरपालिका वडा नं.८, भतहीको पुरानी पोखरी मैदानमा श्री रन्नु भन्नु युवा क्लब क्रिकेट टिम रामनगराको आयोजनामा टुर्नामेण्टको फाइनल खेल सम्पन्न भयो। फाइनल खेल आयोजक टिम रामनगरा र माँ अम्बे युवा क्लब क्रिकेट टिम झटियाहीबीच भएको थियो।

कार्यक्रम सुमन मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि पूर्व मेयर राम ज्ञान मण्डल, विशिष्ट अतिथि कार्यवाहक अध्यक्ष रामबहादुर भण्डारी, मावि झटियाहीका प्रधानाध्यापक चुलाई ठाकुर, युवा नेता सुरेन्द्र मण्डल, सजिवन मण्डल, लक्ष्मण मुखिया, संजय मण्डल, विजय मण्डल, भुत्ला मण्डल, कृष्णदेव मण्डल तथा पत्रकार अनितेश यादवलगायत युवाहरूको विशेष उपस्थिति रहेको थियो।

फाइनल खेलमा झटियाही टिमले १२९ रनको लक्ष्य दिएकोमा आयोजक टिम ८८ रनमै समेटिँदै पराजित भयो। झटियाही टिमले प्रतियोगिता जितेकोमा हार्दिक बधाई तथा शुभकामना।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर