कंचन कुमारी ,
नेपालको एकमात्र सञ्चालनमा रहेको जनकपुर(जयनगर रेलमार्ग अन्तर्गत जयनगर रेल्वे स्टेशनमा गर्मीयाममा यात्रुहरू निकै सास्ती भोगिरहेका छन्। तराई(मधेस र सीमावर्ती बिहार क्षेत्रमा तापक्रम ४० डिग्री नजिक पुगिरहेको छ, यस्तो बेला पनि जयनगर स्टेशनमा न त पंखा छन्, न त शुद्ध खानेपानीको व्यवस्था। यात्रुहरू लामो समय ट्रेनको प्रतिक्षामा बस्दा अत्यधिक गर्मी र सुविधा अभावले हैरानी हुने गरेका छन्।
यात्रुहरू भन्छन्— नेपाल रेल्वे घाटामा छ भन्ने नाममा आधारभूत सुविधा पनि नदिने हो भने आम नागरिक कसरी सहज यात्रा गर्ने
काउण्टरमा सोधपुछ गर्दा नेहि चलता हैु जस्ता जवाफ आउने गरेको यात्रुको गुनासो छ। त्यतिबेला यात्रुहरू चर्को गर्मीमा पानीको खोजीमा अलपत्र देखिन्छन्।
उता, भारतीय पक्षको जयनगर स्टेशनमा भने शुद्ध पानी, पंखा र स्वच्छ शौचालय जस्ता सुविधा सहज रूपमा उपलब्ध छन्। एउटै रेल मार्ग, एउटै ट्रेन सेवा, तर सुविधा भोगाइमा यस्तो दोहोरोपन देखिनु दुःखद भएको यात्रुहरूको भनाइ छ।
सार्वजनिक सेवा भएकोले नाफा घाटा जे भए पनि यात्रुलाई आधारभूत सुविधा दिनु नेपाल रेल्वेको दायित्व हो, स्थानीय यात्रुहरूको माग छ। अब सम्बन्धित निकायले यसतर्फ गम्भीर ध्यान दिनु आवश्यक छ।




