रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शहिदनगरमा लक्षित महिलाका लागि ६५ दिने सिलाई कटाई तालिम सुरु

[sharethis-inline-buttons]

प्रमुख अतिथि नगर प्रमुख यादव, तालिमपछि मेसिनसहित प्रमाणपत्र वितरण गरिने निर्णय।

जनकपुरधाम , साउन १३ – शहिदनगर नगरपालिका र ज्योति महिला जागरण संस्थाको संयुक्त आयोजनामा नगरपालिकाको लक्षित महिलाहरुलाई लक्षित गरी ६५ दिने सिलाई कटाई तालिम सुरु गरिएको छ। उद्घाटन कार्यक्रम नगर प्रमुख दिनेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नगर उपप्रमुख सुनिता सिंह, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो। तालिममा सहभागी महिलाहरुलाई प्रत्येकलाई छुट्टाछुट्टै मेशिनमा प्रशिक्षण दिइने व्यवस्था मिलाइएको छ।

यसै अवसरमा तालिमपछि प्रमाणपत्रसहित सिलाई मेशिन वितरण गरिने निर्णय समेत गरिएको छ। नगर प्रमुख यादवले महिलाको आत्मनिर्भरता र स्वरोजगारको दिशामा यस्तो तालिम सहयोगी हुने बताउँदै तालिममा सहभागिता जनाएका महिलालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर