मुकेशकुमार ठाकुर,धनुषा, साउन ३१ । श्री नमूना माध्यमिक (प्राविधिक तथा व्यावसायिक) विद्यालय, मुलावारी, भिमान, धारापानी धनुषामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ ।
शनिबार सम्पन्न कार्यक्रमबाट वडा अध्यक्ष सुरज कुमार लामा नयाँ व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा राजकुमार ठाकुर, राम एकवाल यादव, जनक लामा, सन्जु लामा, रेखा श्रेष्ठ र कविता कुमारी विश्वकर्मा चयन भएका छन् ।
नयाँ नेतृत्वलाई विद्यालय समुदायले हार्दिक बधाई तथा शुभकामना दिँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र विकासमा समितिले प्रभावकारी योगदान गर्ने विश्वास व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया




