धनुषाको, धनुषाधाम नगरपालिका धनुषाधाममा इलाका प्रशासन कार्यालय संचालनमा आउने भएको छ।
नगर प्रमुख बालेश्वर मण्डलको अथक पहलपछि धनुषाधामका लागि यो कार्यालय स्थापना गर्ने निर्णय भएको हो।
इलाका प्रशासन कार्यालयको यहाँ संचालनले स्थानीय व्यापार–व्यवसायमा वृद्धि हुनुका साथै जनजीवनमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।
अघिल्लो समय यस कार्यालयको स्थानिय स्थापनालाई लिएर केही राजनीतिक खिचाँतानी चलेको थियो। तर अन्ततः धनुषाधाममा निर्णय भई व्यवस्थापन र सञ्चालनका तयारी तीव्र रुपमा अघि बढाइएको छ।
हाल कार्यालयका लागि अतिथि भवन सरसफाइ भई रङ्ग–रोगनको काम सुरु भइसकेको छ।
तपाईको प्रतिक्रिया




