मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
जनकपुरधाम – मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयमार्फत १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।
नवगठित समितिको अध्यक्षमा विनोद यादव निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा संजीव यादव (खुल्ला), चुन चुन प्रसाद यादव (आयुर्वेद) र बविता मण्डल (महिला) चयन भएका छन्। मुख्य सचिवमा भागिरथ चौधरी, सचिवमा नरेश कुमार ठाकुर र शशिकान्त प्रसाद श्रीवास्तव, कोषाध्यक्षमा रणधीर कुमार यादव तथा सह–कोषाध्यक्षमा उज्जवल यादव निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा धनुषाबाट रामकुमार यादव, सर्लाहीबाट रमेशकुमार साह र रामकुमार साह, महोत्तरीबाट रामकुमार यादव र अभिषेक नारायण यादव चयन भएका छन्।
अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै स्वास्थ्य क्षेत्रको सुधार, स्वास्थ्यकर्मीको पेशागत हकहित र जनताको स्वास्थ्य सेवामा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।




