रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुर प्रादेशिक अस्पतालका सबै सेवा पुनः सुचारु

[sharethis-inline-buttons]

धनुष टिभी ,जनकपुरधाम । मधेस विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको मधेस विज्ञान प्रतिष्ठान तथा प्रादेशिक अस्पताल जनकपुरधाम मा केही दिनदेखि चलिरहेको विवादका कारण अवरुद्ध रहेका सेवाहरु पुनः पूर्ण रूपमा सुचारु भएका छन्।
धनुष टिभीका अनिलकुमार निरालाका अनुसार अस्पतालमा आकस्मिक सेवा बाहेकका अधिकांश सेवा प्रभावित भएका थिए। अस्पतालका मेसु डाक्टर जामुन प्रसाद सिंह ले डाक्टरहरुको आन्तरिक छलफलपछि सबै सेवा नियमित रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।
उनका अनुसार अब ओपीडी लगायतका सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् भने बिरामीहरुको उपचार सेवा पनि सहज बन्दै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर