रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साना किसान कृषि सहकारी संस्था धनुषागोविन्दपुरको अध्यक्षमा सुशील यादव निर्वाचित

धनुषा, असार १९ — धनुषाधाम नगरपालिका–२, स्थित  साना किसान कृषि सहकारी संस्था लिमिटेड धनुषागोविन्दपुरको सञ्चालक समितिको निर्वाचन शुक्रबार सम्पन्न भएको छ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा सुशील यादवले ४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुन सफल भए। उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन प्रसाद सिंहले ३ मत तथा शिवकुमार यादवले २ मत प्राप्त गरेका थिए।
यसैगरी, उपाध्यक्ष पदमा उषा राय निर्विरोध निर्वाचित भएकी छन्।
सञ्चालक समितिको सदस्यमा शिवकुमार यादव, अर्जुन प्रसाद सिंह, फेकन मण्डल, सुधीर यादव, लिला कापर, प्रमिला देवी तथा नवीन शिवहरे निर्वाचित भएका छन्।
संस्थाको विधानअनुसार मुख्य प्रबन्धक राजकुमार साह पदेन सचिव रहने व्यवस्था रहेको छ।
नवनिर्वाचित पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर