रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भोलिदेखि एलपी ग्यासमा पुनः १४.२ केजी ग्यास, मूल्य यथावत

नेपाल आयल निगमले (२०८३ असार ३१ गते) देखि देशभर पुनः साविकअनुसार १४.२ केजी एलपी ग्यास भरेर प्रतिइसिलिन्डर रु. २,०६० मा बिक्री–वितरण गर्ने जनाएको छ।
निगमले मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार इण्डियन आयलका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार भएको र उपभोक्ताबाट १४.२ केजी सिलिन्डरको उच्च मागलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।
यसअघि आपूर्ति व्यवस्थापनका लागि अस्थायी रूपमा ७.१ केजी ग्यास भरेर वितरण गरिएको थियो। निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने भएकाले ग्यास खरिद गर्दा तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ।
साथै, इण्डियन आयल कर्पोरेशनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको जनाउँदै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबै उपभोक्तासँग अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर