सिरहा। नेपाल कृषक समूह सञ्जालद्वारा सिरहा नगरपालिका–१५ सुखचैनामा सञ्चालन गरिएको ४५ दिने सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ।
महिलाहरूको सीप विकास, आयआर्जन वृद्धि तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा नेपाल कृषक समूह सञ्जालका अध्यक्ष शुभ नारायण यादवले महिलालाई सीपसँग जोडेर स्वरोजगार र उद्यमशीलता विकास गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको बताउनुभयो।
कार्यक्रमका संयोजक जयनारायण यादवले यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सिकेको सीपलाई व्यावसायिक रूपमा उपयोग गरी आयआर्जन गर्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।
४५ दिनसम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरूले सिलाइ–कटाइसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। तालिमबाट प्राप्त सीपलाई व्यवसायका रूपमा विकास गरी आत्मनिर्भर बन्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्।
नेपाल कृषक समूह सञ्जालले आगामी दिनमा पनि महिलाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ
सिरहामा ४५ दिने सिलाइ–कटाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






