रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा

७ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका छन्।

प्रधानमन्त्री शाह मंगलबार कतार एयरवेजमार्फत काठमाडौं हुँदै दोहा र त्यसपछि न्यूयोर्क प्रस्थान गरेका थिए। उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभाका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर