महोत्तरी । सामाजिक अभियन्ता तथा पत्रकार विजयकुमार साह, अनिलकुमार निरालालगायतको पहल र जलेश्वर नगरपालिकाको सहयोगमा जलेश्वर नगरपालिका–३ स्थित पथरी प्रहरी चौकी, मलीवारामा बत्ती जडान तथा पुरानो बोर्ड परिवर्तन गरिएको छ।
त्यस्तै, नेपाल–भारतको महत्वपूर्ण प्रवेशद्वार भिठामोड सीमा नाकामा जीर्ण सीसीटीभी क्यामेराको मर्मत, सरसफाइ, प्रकाश र अन्य पूर्वाधार सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। विवाहपञ्चमीमा अयोध्याबाट आउने श्रद्धालुहरूको आवागमनलाई ध्यानमा राख्दै भिठामोडलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन पहल जारी राख्ने टोलीले जनाएको छ।
तपाईको प्रतिक्रिया






