रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधामका वडा अध्यक्ष यादवलाई मातृशोक

 

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका मधेस प्रदेश सदस्य मनोज कुमार यादवलाई मातृशोक परेको छ।

उहाँकी आमा दुखनी देवीको ७० वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो।

स्वर्गीय दुखनी देवीका दुई छोरी र एक छोरा रहेका छन्। उहाँको अन्तिम संस्कार भोलि कमला नदीमा गरिने नेकपा धनुषाका संयोजक दीपक यादवले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर