रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा स्नान तथा खिचडी कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

धनुषा, माघ १ – माघे सङ्क्रान्तिको अवसरमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित सितारा जप रामधुन कुट्टीमा विशेष स्नान तथा खिचडी कार्यक्रम सम्पन्न भएको छ।

महन्त धनेश्वर दास महाराजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन अभियानी प्रमोदकुमार यादवले गरेका थिए।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष सुनिल कापर, वडा नं. २ का अध्यक्ष लक्ष्मी साह, वडा नं. ३ का अध्यक्ष जयनारायण यादव, शिक्षक नेता गुलाब यादव, पञ्चमुखी हनुमान मन्दिरका महन्त ठरहेसरी दास, वडा प्रत्याशी अशोक मण्डल, नवल मण्डल, ओमप्रकाश मण्डल, शिव यादव, साना किसान कृषि सहकारी धनुषा गोविन्दपुरका मुख्यप्रबन्धक राज कुमार साह, बलराम यादवलगायतको उपस्थिति रहेको थियो।

यस अवसरमा बिहान ३ बजेबाट भक्तजनहरु वान गंगामा स्नान गरी धनुष मन्दिरमा जलफूल अर्पण गर्दै दर्शन गरेका थिए। कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश दिएको आयोजकले बताएका छन्।

धार्मिक उत्सवमा स्थानीय तथा टाढाबाट आएका श्रद्धालुहरुको उल्लेख्य उपस्थिति रह्यो। कार्यक्रमलाई सफल बनाउन स्थानीय युवाहरुले पनि विशेष योगदान दिएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर