जनकनन्दिनी गा.पा. खाजुरी चनहामा “हाम्रो गाउँ, हामी बनाउँछौं” अभियानद्वारा सम्मान तथा सहयोग कार्यक्रम सम्पन्
जनकनन्दिनी गाउँपालिका वडा नं ४, खाजुरी चनहामा “हाम्रो गाउँ, हामी बनाउँछौं” अभियानका कर्मीहरूद्वारा विद्यार्थीहरूको हौसला बढाउने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा लोक सेवा आयोग र शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल व्यक्तिहरूलाई स्वागत तथा सम्मान गरियो। अभियानका सदस्यहरूले सफल व्यक्तिहरूलाई खादा ओढाएर सम्मान गर्दै उनीहरूको प्रयास र सफलता विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे।
साथै, विद्यार्थी भाइबहिनीहरूको अध्ययनलाई प्रोत्साहन गर्ने हेतुले कापी र कलम वितरण गरिएको छ। कार्यक्रममा अभियानका प्रतिनिधिहरूले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताउँदै, आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
स्थानीय विद्यार्थी र अभिभावकहरूले यो अभियानले समुदायमा सकारात्मक ऊर्जा थपेको बताउँदै अभियानका सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
२९ बर्सिय अभियानी अभिनाश पन्डितको अभियानले भैरहेको बताए ।




