धनुषा, फागुन २— धनुष मन्दिर व्यवस्थापनका लागि विद्यालयको विधान बनाएर भए पनि तीन वा पाँच वर्षीय मेला तथा बजार ठेक्का लगाउनुपर्ने वडा नं। ५ का अध्यक्ष इन्द्रकुमार महतोले बताएका छन्।
आज आयोजित धनुष मन्दिर व्यवस्थापन भेलालाई सम्बोधन गर्दै अध्यक्ष महतोले मन्दिर व्यवस्थापनका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले मन्दिरको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ‘ट्रस्ट’ गठन गरी पूजाको व्यवस्थापन गर्नु आवश्यक रहेको बताए।
कार्यक्रममा विभिन्न स्थानीय अगुवा, धार्मिक संघसंस्था, तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। भेलामा मन्दिरको संरक्षण, स्वच्छ व्यवस्थापन, तथा आर्थिक स्रोतको दीर्घकालीन व्यवस्थापनका विषयमा छलफल भएको थियो।
तपाईको प्रतिक्रिया




