रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्डका कार्यवाहक अध्यक्षमा अशोक दत्त नियुक्त

[sharethis-inline-buttons]

जनकपुरधाम, फागुन २ – चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्ड, मधेश प्रदेश, जनकपुरधामको कार्यवाहक अध्यक्षमा साहित्यकार, सङ्गीतकार एवम् पत्रकार अशोक दत्त नियुक्त भएका छन्। यस अवसरमा उनलाई साहित्य, सङ्गीत तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूले हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

अशोक दत्त साहित्य, सङ्गीत र पत्रकारितामा लामो समयदेखि सक्रिय छन्। उनले नेपाली तथा मैथिली साहित्यमा योगदान दिँदै आएका छन् भने सङ्गीत र सञ्चार क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि उनले चलचित्र तथा लोकसञ्चार प्रवर्धनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

उनको नेतृत्वमा बोर्डले क्षेत्रीय कलाकारहरूलाई प्रोत्साहन गर्ने, चलचित्र र लोकसञ्चारको प्रवर्द्धन गर्ने तथा नयाँ सिर्जनशील परियोजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर