रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समितिको अनुगमन

[sharethis-inline-buttons]

धनुषा, २०८१ फागुन २३ – धनुषा जिल्लाका माननीय न्यायाधीश दिलकुमार बर्देवा सहितको टोलीले गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समितिको अनुगमन गरेको छ।
नगरपालिकाका उपमेयर एवं न्यायिक समिति संयोजक तुल्सा कुमारी पाण्डेको संयोजकत्वमा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा संयोजक छेवी मण्डल, वडा अध्यक्षहरू, नेपाल प्रहरी तथा नगर प्रहरीको उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा न्यायिक समितिको कार्यसम्पादन, न्यायिक मामिलामा देखिएका चुनौती तथा सुधारका उपायबारे छलफल भएको थियो। न्यायाधीश बर्देवा नेतृत्वको टोलीले समितिलाई आवश्यक कानुनी परामर्श तथा सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरेको छ।
नगरपालिकाले स्थानीय स्तरमा न्यायिक सेवा प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर