रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

हंसपुरमा लोसपा नेपालको वडा अधिवेशन तथा होली शुभकामना कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

धनुषा जिल्लाको हँसपुर नगरपालिका(८, रामनगरामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको वडा अधिवेशन तथा होली पर्वको शुभकामना आदान(प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम पार्टीका सक्रिय नेता मनोज कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा केन्द्रीय सदस्य एवं प्रदेश समितिका उपाध्यक्ष तथा पूर्व मेयर रामज्ञान मण्डल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य भोलानाथ झा, जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्य एवं महिला नेत्री मीना मण्डल, सचिव विजय झा, पूर्व कार्यपालिका सदस्य रामअशिष मोची, नगर सदस्य बेच्ने देवी मण्डल तथा अन्य नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसर पारेर विभिन्न पार्टी परित्याग गरी लोसपा नेपालमा प्रवेश गर्नेहरूलाई टिका, फूलमाला र गम्छाले सम्मान गर्दै पार्टीमा स्वागत गरिएको थियो। नेपाली कांग्रेसका क्रियाशील सदस्य बद्री मण्डल औपचारिक रूपमा लोसपा नेपालमा प्रवेश गरेका छन्।

वडा अधिवेशनबाट मनोज कुमार मण्डलको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। उपाध्यक्षमा अशेसवर मण्डल र मोहन मण्डल खत्बे चयन भएका छन् भने सचिवमा वीरेन्द्र महरा, सहसचिवमा रसिक लाल मुखिया र जमुनी देवी मुखिया, कोषाध्यक्षमा सोनादेवी मुखिया तथा सदस्यहरूमा तरुण देवी सादा, दुख्ने देवी महरा लगायत अन्य नेताहरू चयन भएका छन्।

नवगठित समितिलाई उपस्थित नेताकार्यकर्ताहरूले बधाई तथा शुभकामना दिएका थिए। यस अवसरमा होली पर्वको शुभकामना आदान(प्रदान गर्दै उपस्थित नेताहरूले एकता, सहकार्य र पार्टी सुदृढीकरणमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामज्ञान मण्डलले पार्टी सुदृढीकरणका लागि अधिवेशन महत्त्वपूर्ण हुने बताए। साथै, पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई स्वागत गर्दै उनले लोसपा नेपालको विचारधारा र नीति(कार्यक्रमलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए।

कार्यक्रमले पार्टीको संगठन सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर