रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गाउँको मुद्दालाई नछोड्न नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताको आग्रह

[sharethis-inline-buttons]

धनुषा, चैत ६– धनुषाको धनुषाधामबाट ग्रेटर मधेश मिडिया प्रालिद्वारा सञ्चालित रेडियो धनुष ९९.७ मेगाहर्जले आफ्नो पाँचौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले पत्रकार मुकेश कुमार ठाकुरलाई गाउँको मुद्दालाई नछोड्न आग्रह गरेका छन्।
उनले लोकतन्त्र र संघीयतासँगै सञ्चारमाध्यमको विकास भए पनि अहिले केही सञ्चारमाध्यमहरू विस्थापित हुँदै गएको उल्लेख गर्दै, यस्ता चुनौतीपूर्ण अवस्थामा पनि रेडियो धनुषको प्रभावशाली उपस्थिति रहनु सराहनीय रहेको बताए। गुप्ताले धनुषाधामलाई केन्द्र बनाएर सञ्चालन गरिएको रेडियोले स्थानीय मुद्दाहरू उठाउँदै आएकोमा प्रशंसा गर्दै भने, “गाउँका समस्या उजागर गर्दै जनताको आवाज बुलन्द बनाउने जिम्मेवारी अझ प्रभावकारी बनाउनु आवश्यक छ।”
कार्यक्रममा बोल्दै पत्रकार मुकेश कुमार ठाकुरले रेडियो धनुषले जनताको हकहितका मुद्दाहरू उठाउँदै आएको र आगामी दिनमा पनि स्थानीय स्तरका समस्याहरूलाई प्राथमिकतामा राखी पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा विभिन्न पत्रकार, बुद्धिजीवी, समाजसेवी, स्थानीय नेताहरू तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो। पाँच वर्षको सफल यात्रा पार गरिसकेको रेडियो धनुष ९९.७ मेगाहर्जले आगामी दिनमा अझ व्यापक प्रभाव पार्ने गरी समाचार र कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर