धनुषा, चैत २१ – जनता समाजवादी पार्टी (जसपा) नेपाल शहीदनगर नगरपालिका वडा नं.४ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कुमर पंडितको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका नेता तथा शहीदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव रहनुभएको थियो। उहाँले पार्टी संगठनलाई मजबुत बनाउन स्थानीय तहका समितिहरू महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
वडा अधिवेशनमा विभिन्न नेताहरू, कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले पार्टी संगठन सुदृढ गर्दै जनताको हकहितका विषयमा सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको बताएका थिए।
नयाँ गठित वडा समितिले पार्टी नीति तथा कार्यक्रमलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।




