रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला विहारी नगरपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनसम्बन्धी दुई दिने तालिम सुरु

[sharethis-inline-buttons]

धनुषा,चैत २३ – मिथिला विहारी नगरपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनसम्बन्धी दुई दिने तालिम कार्यक्रम सुरु भएको छ। नगरपालिकाको आयोजनामा तथा सेवा प्रदायक संस्था रियल ड्रीम्स इन्टरनेशनल इन्जिनियरिङ कन्सलटेन्सी प्रालि, बनेपा काठमाडौंको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन मिथिला विहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद यादवले गर्नु भयो। कार्यक्रममा उपप्रमुख शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू शोभित दाहा,सुरेश मण्डल,वसन्त मण्डल,प्रदिप कुमार यादव,सुरेन्द्र मण्डल,संजय कुमार शर्मा,जिबक्ष यादव,शिक्षा शाखा प्रमुख रिमा झा,स्वास्थ शाखा बिगुल यादव, लेखा अधिकृत सुभाष झा तथा शाखा प्रमुख सहितको उपस्थिति रहेको थियो।
तालिमको उद्देश्य स्थानीय तहको कार्यक्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको आयोजकहरूले जनाएका छन्। दुई दिने तालिममा सहभागीहरूले विभिन्न कार्यशैली, मूल्याङ्कन विधि तथा संस्थागत सुधारका विषयमा जानकारी लिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर